कोचविहारमा गोर्खे चेलीमाथि दुर्व्यवहार

Screenshot_20240505_213324_WhatsApp.jpg

आजको घटनाले हामी सुरक्षित छैनौ भन्ने दर्शाएको छ, अब हामी एकबद्व हुन पर्छ: श्याम गौतम

दार्जीलिङ: निलु तामाङको पक्षमा खडा भए हाम्रो पार्टी।कोचविहार अस्पतालमा कार्यरत कालेबुङकी चेली निलु तामाङमाथि अस्पतालको एक जना डाक्टरले अभद्र ब्यवहार गरेको खबर अहिले गरी समाजिक संजालहरूमा भाइरल भई रहेको छ। गोर्खे चेलीमाथि यस्तो प्रकारको अभद्र ब्यवहार गरिएको खबरले हाम्रो पार्टी मौन बस्न नसक्ने पार्टी केन्द्रीय प्रबक्ता श्याम गौतमले बताएका छन। हाम्रो पार्टी केन्द्रीय प्रबक्ता श्याम गौतमले बताए अनुसार समाजिक संजालहरूमा कोचविहारको अस्पतालमा कार्यरत कालेबुङकी गोर्खे चेली निलु तामाङमाथि डाक्टरले अभद्र ब्यवहार गरेको जनाएका छन। यस्तो खबरले हाम्रो मुटु छिया छिया भएका छन। तिनले अधि भने निलु तामाङ पेशाले नर्स हुन, उनीमाथि एक जना डाक्टरले अभद्र ब्यवहार एंव दुर्व्यवहार गरेको समाजिक संजालहरूमा भाइरल भई रहेको छ।हाम्री चेलीमाथि यस प्रकारको दुर्व्यवहारको घटनाले हाम्रो मन दुखेको छ अनि हामी यस्तो घटनाको कठोर शब्दमा निन्दा गर्छौ प्रबक्ता श्याम गौतमले भने। तिनले अघि भने यस प्रकारको घटनाहरू हाम्रो गोर्खे चेलीहरूमाथि पटक पटक घटने गरेको हामीले देखी रहेका छौ आज फेरि यस्तो घटना कोचविहारमा घटेको हामी समाजिक संजालहरूमा देख्न र सुन्न पायौ। बारम्बार यस्ता घटनाहरूले हाम्रो गोर्खे चेलीहरू सुरक्षित नभएको स्पष्ट भएको छ।प्रबक्ता श्याम गौतमले अधि भने यस प्रकारको घटनाको हाम्रो पार्टी कठोर शब्दमा निन्दा गर्छ अनि अब उसो यस्तो घटना नदोरियोस भन्ने चेताउनी पनि दिएका छन। तिनले अझ भने गत केही महिना अधि मात्र सिलगढीको मतिगढामा हाम्री गोर्खे चेलीमाथि कुकार्य भएको थियो अनि आज एक नर्समाथि अभद्र ब्यवहार एंव दुर्व्यवहार भएको छ। नर्स भनेको विमारीहरूलाई हेरचार गरेर पूर्ण स्वास्थ्य बनाउँने गर्छन, काटेको घाउमा मलम पटटी गरेर निको बनाउँने गर्छन तर यस्तो चेलीमाथि अभद्र ब्यवहार एंव दुर्व्यवहार गर्नु यो भन्दा ठूलो अपराध शायद अरू हुन सक्दैन भन्ने प्रबक्ता श्याम गौतमले भनेका छन। आज अस्पताल जस्तो स्थानमा पनि नारीहरू सुरक्षित नरहेको आजको घटनाले दर्शाएको छ भन्ने प्रबक्ता श्याम गौतमले बताएका छन।तिनले अझ भने अब हामीले हाम्रो सुरक्षा गर्नलाई तपाई हामीले नै आवाज उठाउनु पर्छ। आज कोचविहार अस्पतालमा एक जना गोर्खे चेलीमाथि जो घटना घटेको छ,यस्तो निष्पक्ष जाँच हुन पर्छ अनि पिडितलाई न्याय दिएको हुन पर्छ। हाम्रो पार्टी प्रबक्ता श्याम गौतमले अधि भने यदि पिडित निलु तामाङले आफुमाथि भएको अन्यायको विरोधमा महिला आयोग लगायत अन्य स्थानहरूमा पूर्याउनु चाहानु हुन्छ भने हाम्रो पार्टीले पूर्ण सहयोग पूर्याउने केन्द्रीय प्रबक्ता श्याम गौतमले बताएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *