१० हजार बोतल कफ सिरप बरामद, दुई पक्राउ

IMG-20240505-WA0203.jpg

सिलगढी: साइकलका पार्टपुर्जा बोकेर ट्रकको आडमा प्रतिबन्धित खोकीको सिरप तस्करी गर्ने प्रयास भइरहेको छ। तर यसअघि पनि एसटीएफ र नयाँ जलपाईगुडी पुलिस थानाले फुलबारी नजिकैको जियागञ्ज क्षेत्रमा एउटा होटलको पार्किङमा राखिएको ट्रकमा संयुक्त अपरेशन गरी प्रतिबन्धित खोकी सिरपको १० हजार बोतल बरामद गरेको थियो। घटनामा ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। आरोपीहरूको नाम हरदीप सिंह र मनजीत सिंह हो। उनीहरु दुवै पञ्जाबका हुन्। पञ्जाबबाट ट्रकमा साइकलका पार्टपुर्जा लोड गरेर अगरतला लगिएको बताइएको छ। उक्त साइकलको पार्टपुर्जाको आडमा ठूलो परिमाणमा प्रतिबन्धित कफ सिरप तस्करी हुँदै आएको थियो।

गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा, आज नयाँ जलपाईगुडी पुलिस र एसटीएफले संयुक्त अभियान चलाएर ट्रकबाट १० हजार बोतल कफ सिरप बरामद गरेको छ। जसको बजार मूल्य करिब २२ लाख रुपियाँ रहेको छ। घटनामा दुई जना पक्राउ परेका छन्। सोमबार जलपाईगुडी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement