गुवाहाटी गइरहेको वाहानबाट करोडौ रुपियाँको लागुऔषध बरामद

3708308-13.jpg

इम्फाल: मणिपुर, इम्फालमा शाखा भन्सार महाशाखाको तस्करी विरोधी इकाईले शनिबार गुवाहाटीतर्फ जाँदै गरेको एउटा गाडीबाट अन्तर्राष्ट्रिय कालोबजारीमा प्रतिबन्धित २ करोड ३५ लाख रुपियाँ बराबरको लागुऔषध बरामद गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। सीमा पारबाट प्राप्त सूचनाका आधारमा तस्करी विरोधी टोलीले शनिबार बिहान करिब ७ः३० बजे इम्फालबाट ५ किलोमिटर टाढा रहेको मन्त्रीपुखरी नजिक राष्ट्रिय राजमार्ग १०२ मा शंकास्पद गाडीलाई रोकेको थियो। टोलीले एक यात्रु र उसको सामानको खोजीका क्रममा ४० वटा साना प्लाष्टिकका झोला जम्मा ४७० ग्राम ब्राउन सुगर बरामद गरेको छ, जसको अन्तर्राष्ट्रिय अवैध लागुऔषध बजारमा करिब २ करोड ३५ लाख रुपियाँ मूल्य पर्ने गरेको छ। थप छापा मार्ने र सम्भावित गिरफ्तारी र बरामद गर्न सहजीकरण गर्न पक्राउ परेका संदिग्धको पहिचान गोप्य राखिएको छ, अधिकारीहरूले भने। उक्त व्यक्तिलाई एनडीपीएस ऐन १९८५ अन्तर्गत मुद्दा दायर गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *