काेचबिहारको मेडिकल कलेज अनि हस्पिटलमा नर्समाथि भएको दुर्व्यवहारको अनित थापाद्वारा भर्त्सना

IMG-20240505-WA0225.jpg

दार्जिलिङ: काेचबिहारको एमजेएन मेडिकल कलेज अनि हस्पिटलमा कालेबुङ निवासी नर्समाथि मेडिकल अफिसरले गरेको दुर्व्यवहारको जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा घोर भत्सर्ना गरिएको छ। उक्त घटना विषयमा प्रेस विज्ञप्ति जारी गर्दै जीटीए प्रमुख अनित थापाले भनेका छन् -‘यस घटनामाथि निष्पक्ष छानबीन हुनुपर्छ अनि पीडितले न्याय पाएको हुनुपर्छ। नारीको सुरक्षा अनि गरिमा कुनै पनि कार्यालयको प्रथम प्राथमिकता रहेको हुनुपर्छ।’
उनले यस घटनामाथि प्रेस विज्ञप्तिमा अझ भनेका छन् -‘मैले स्वास्थ्य अनि परिवार कल्याण विभागका मुख्य सचिवलाई यस विषयमा पत्राचार गरेको छु।’

About Author

Advertisement