पुन्छ: भारतीय सुरक्षा बलले पुन्छ आतंककारी हमलाको सम्बन्धमा आइतबार ६ जनालाई पक्राउ गरेको छ। जसमा भारतीय वायुसेनाका एक सैनिक बलिदान भएको थियो। पक्राउ पर्नेमा एकजना मोहम्मद रजाक रहेको बताइएको छ। जसले आतंकवादीहरूलाई खाद्यान्न र रसद सहयोग प्रदान गरेको विश्वास गरिन्छ। भारतीय वायुसेनाको काफिलेमा भएको आतंकवादी हमलापछि सुरक्षाकर्मीहरूले व्यापक खोज अभियान शुरु गरेपछि यो घटनाक्रम आएको हो। सुरक्षा बलले उक्त क्षेत्रमा चेकपोस्ट स्थापना गरी चेकजाँच गरिरहेको छ।
भारतीय वायुसेनाले सम्पूर्ण क्षेत्रको हवाई निगरानीको बीचमा आफ्नो कर्पोरल विक्की पहाडेको बलिदानप्रति शोक व्यक्त गरेको छ। शनिबार साँझ भएको आक्रमणमा परी घाइते भएका उनको मृत्यु भएको हो। भारतीय वायु सेनाको आधिकारिक एक्स ह्यान्डलमा एक पोस्टमा भनिएको छ, ‘सीएएस एयर चीफ मार्शल भीआर चौधरी र भारतीय वायु सेनाका सबै कर्मी बहादुर कर्पोरल विक्की पहाडेलाई सलाम गर्दछ, जसले राष्ट्रको सेसेवामा पुन्छ सेक्टरमा सर्वोच्च बलिदान दिए। शोक सन्तप्त परिवारप्रति हाम्रो गहिरो समवेदना छ। हामी दु:खको यस घडीमा तपाईको साथमा सशक्तरुपमा खडा छौंl’ भारतीय सेनाको अतिरिक्त बल शनिबार राति पुन्छको जर्रा वाली गली (जेडब्लुजी) पुग्यो। पुन्छ सेक्टरको सनई गाउँमा एम्बुस पछि घाइते सैनिकहरूलाई उधमपुरको कमाण्ड अस्पताल लगिएको थियो। तर, घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। आक्रमणलगत्तै स्थानीय राष्ट्रिय राइफल्स युनिटले सेना र पुलिसको सहयोगमा दोषीको खोजी गर्न आसपासको क्षेत्रमा घेराबन्दी र खोजी अभियान शुरु गरेको थियो। भारतीय वायुसेनाले ट्वीटमार्फत घटनाको पुष्टि गरेको छ। जसमा आतंककारीले निशाना बनाएको लश्कर सकुशल रहेको र अनुसन्धान भइरहेको बताइएको छ। भारतीय वायुसेनाका सवारीसाधनलाई शाहसिटार नजिकैको सामान्य क्षेत्रमा रहेको एयर बेसभित्र सुरक्षित राखिएको छ।