खरसाङ: एकता कपुरको थुप्रै हिन्दी सिरियलमा आफ्नो स्वर दिईसकेका गायिका प्रिया भट्टचार्य हाल सिटोङ भ्रमणमा रहेकी छन्। उनी ग्रामीण पर्यटकीय क्षेत्र सिटोङ एकको घलेटारस्थित समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईको होम स्टेमा रहेका छन्। हिन्दी फिल्म जुदाई श्रीदेबीको निम्ति गीत गाएर आफ्नो फिल्मी करियर शुरुआत गरेका लोकप्रिय गायिका प्रिया भट्टचार्यले धेरै हिन्दी फिल्मसितै एकता कपुरको टीभी सिरियल ‘कसौटी जिन्दगी’ देखि लिएर प्रायः जसो सिरियल र फिल्ममा आफ्नो प्रस्तुति दिएर आजसम्म तीसवटाभन्दा बेसी भाषाहरूमा गीतहरू गाईसकेका छन् भने आगामी दिनमा बिक्रम राईको जिवनीमाथि लेखिरहेको गीतमा आफ्नो स्वर दिने पनि घोषणा गर्दै बिक्रम राई जस्ता व्यक्तिलाई भारत सरकारले पद्मश्री अवार्डद्वारा सम्मान जनाउनु पर्नै मांग राख्ने पनि उनले आफ्नो विचार राखेका छन्। शनिबार सिटोङको “विशेष होमस्टे”मा आईपुगेका गायिका भट्टचार्यले सामजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईको समाजप्रतिको योगदान अनि काम देखेर प्रशंसा गर्दै आजको समयमा हामीले बिक्रम राई जस्तो व्यक्ति यस संसारमा पाउनु हाम्रो निम्ति ठूलो सौभाग्य हो अनि उनले गरीब परिवार अनि बिरामीहरुको जुन सेवा दिईरहेका छन् त्यो अति नै अतुलनीय र सराहनीय रहेको छ भन्दै बिक्रम राई जस्ता व्यक्ति पद्मश्री पदकको हकदार हुनुपर्छ भनी जनाएका छन्। आज हिन्दी सांगीतिक जगतका ख्यातिप्राप्त गायिका प्रिया भट्टचार्यले हाम्रो समाजको गोर्खे छोरो बिक्रम राईलाई देशको सर्वश्रेष्ठ सम्मान पद्मश्रीको निम्ति उठान गर्नु यो गोर्खा जातिको निम्ति गर्वको कुरा रहेको छ। आज सिटोङ एक बासस्थानमा आएर देशको यति ठूलो गायिका प्रिया भट्टचार्यले पद्मश्री अवार्डको निम्ति बिक्रम राई हकदार हुन् अनि यसको निम्ति उनले सरकार समक्ष मांग राख्ने कुरा राख्दा समाजसेवी बिक्रम राईले हर्ष व्यक्त गर्दै यो मेरो अनि गोर्खा जातिको निम्ति गौरवको विषय हो भनी जनाएकी छन्। स्मरण रहोस् सिटोङका समाजसेवी बिक्रम राईले धेरै सालदेखि बिरामी अनि गरीब परिवारलाई आफुले सकेसम्म
सेवा पुराउँदै आईरहेका छन् भने सिटोङका गीताज्जली साहित्यिक संस्थानले उनको जीवनीमाथि “समाजको लालगेडी” बिक्रम राई अभिनन्दन ग्रन्थसम्म प्रकाशित गर्नुको साथै उनी धेरैवटा सम्मानहरूले सम्मानित भईसकेका छन्। गायिका प्रिया भट्टचार्यले सिटोङ विशेष होमस्टेमा आईपुगेर स्थानीय कलाकार अनि गाउँलेहरुलाई कसौटी जिन्दगीकी अनि अन्य थुप्रै आफुले गाएका गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध पारेकी थिइन्।