सिलगढी: मानव एकता दिवसको पूर्व सन्ध्यामा सन्त निरंकारी मिशनका सन्तहरूले आज सत्संग भवन मतिगढामा आफ्नो २९औं रक्तदान शिविर आयोजना गरेको मनोज आनन्दले बताएका छन्l यस अवसरमा एनजेपी, बागडोग्रा, ताराबारी, सिलगढीबाट सन्तहरू भेला भएका थिएl मनोज आनन्दले बताएअनुसार उनीहरूको शाखा जोन नम्बर ४७ ले उत्तर बंगाल मेडिकल कलेज र सिलगढी सदर अस्पताललाई रक्तदान गरे। रक्तदान शिविर पछि गुरुको प्रसाद एवं सत्संग आयोजना गरियो। गत महिना २४ अप्रेलमा पनि २०७ निरंकारी सत्संग भवनमा रक्तदान शिविर आयोजना गरिएको थियोl सो बेला लगभग ५०,००० युनिट रक्तदान गरिएको थियो। सन् १९८६ देखि सन् २०२३ सम्ममा १३ लाख युनिट रक्तदान गरिएको मनोज आनन्दले बताएका छन्l