सिलगढी: सिलगढी शहर एक–दुई दिनको लागि होइन, १५ देखि २० दिनसम्म लगातार पिउने पानीको संकटको सामना गरिरहेको छ। यसअघि सिलगढीका मेयर गौतम देवले पनि यस्तै सन्देश दिएका थिए। संयोगवश, केही दिनअघि सिक्किमको टिस्टा नदीको बाँध भत्किएर आएको भयावह प्राकृतिक प्रकोप जनताको मनमा ताजै छ, अवस्था केही सामान्य भए पनि उत्तर बंगालको टिस्टा बाँध भने अझै क्षतिग्रस्त छन्। आउँदो मनसुनमा जुनसुकै बेला टिस्टाको प्रवाह फेरिन सक्छ र फेरि विनाश हुनसक्छ। त्यसैले पीएचई विभागले मनसुनअघि नै टिस्टा बाँध मर्मत गर्नेबारे सोच्न थालेको छ। जसका कारण सिलगढी सहर पानी संकटमा परेको छ। गजलडोबा टिस्टा नहर बाँध मर्मतको काम १० मईदेखि शरु हुने भएको छ भने टिस्टाको पानी आपूर्ति बन्द हुने भएको छ। त्यसपछि जनता पिउने पानीका लागि महानन्दाको भर पर्न बाध्य हुनेछन्। यता मेयर गौतम देवले आज सिँचाइ विभाग, पीएचई र महानगरपालिका खानेपानी विभागका पदाधिकारीसँग खानेपानी संकटका विषयमा छलफल गरी नगरवासीलाई खानेपानीको समस्याबाट कसरी राहत दिने भन्ने विषयमा छलफल गरेका छन्। बैठकपछि उनले १० गतेदेखि सिलगढी शहरमा पानीको अभाव हुने बताए। महानन्द नदीको पानीबाट खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको भए पनि विभिन्न वार्डमा आकस्मिक पानीको पाउच (प्याकेट)का साथै थप पानी ट्यांकी पनि उपलब्ध गराइने भएको छ।