शेर्पा एसोसिएशनको शोक सभा अनि बुध्द जयन्ती पालन गरिने विषयमा सभा

IMG-20240505-WA0207.jpg

खरसाङ: शेर्पा एसोसिएसन खरसाङको पूर्व सचिव समफुरी शेर्पाको निधनप्रति शोक प्रकट गर्दै शोक सभाको आयोजना गरिएको छ। यसको साथै यस वर्ष पनि विगत वर्ष झैं बुध्द जयन्ती भव्य रुपमा पालन गरिने विषयमा छलफल गरिएको छ। आज शेर्पा एसोसिएसन खरसाङकाे कार्यकारिणी सदस्यहरुकाे एउटा जरुरी सभा समाजकै सभापति दावा शेर्पाको सभापतित्वमा सम्पन्न भयो। सभालाई समाजकै सचिव श्याम शेर्पाले सञ्चालन गरेका थिए। सभामा पहिलो चरणमा समाजकै कर्मठ सदस्य समफूरि शेर्पाकाे निधनमा शोक प्रकट गरियो भने एक मिनटकाे मौन धारण पनि गरियो। यसको साथै मनिमालम पाठ पनि पढेर उनकाे आत्मा शान्तिकाे निम्ति कामना गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा जानकारी गराउँदै सचिव श्याम शेर्पाले हाम्रो शेर्पा एसोसिएसन खरसाङकाे पूर्व सचिव समफुरी शेर्पाकोकाे निधनमा सबै सबै शेर्पा एसोसिएसन खरसाङका सदस्यहरु दुःखित छन् र उनकाे समाजप्रतिकाे योगदान अमूल्य रहेको छ र उनी जाति, समाज र सामाजिक कार्य भनेपछि सधैं मरिमेटने स्वाभावकाे व्यक्तित्व थियोे साथै गाउँ घरमा सबै सबैसित मिलेर बस्ने, ठूलो सानो सबै सबैसितत असल व्यवहार गर्ने मानिस थिए भनी बताएका छन्। उनले उनी एसएसबीमा सुबेदार पदमा रहेर अवकाशप्राप्त भएपछि गाउँ र समाज सेवामा आफ्नो जीवन बिताएर नै जीवन बिताए भनी बताएका छन्। यस सभाको दोस्रो चरणमा सर्वसहमतिले सधैं वर्ष झैं यस वर्ष पनि शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बामा बुध्द जयन्ती भव्य रुपमा मनाउने पारित गरियो भनी समाजकाे प्रचार प्रसार सदस्य कर्म शेर्पाले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *