नेपाल आईडलको टप टेनमा पुगेका मोहित भुजेललाई जिताउन सहयोगको आह्वान्

IMG-20240505-WA0204.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारी निवासी मोहित भुजेल हालमा नेपाल आईडल सिजन 5 को मञ्चमा आफ्नो प्रस्तुति दिईरहेका छन्। मोहित भुजेल अहिले नेपाल आईडलको टप टेनमा पुगेका छन्। उनलाई भोट दिएर बिजय बनाउन सिविटार चियाबारीको धेरैवटा गाउँहरूका विभिन्न समाजका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा सिविटार चियाबारीको स्प्रिङ डेल एकाडेमी अंग्रेजी स्कूलमा सम्पन्न भएको छ। उक्त सभा मोहित भुजेल फ्यान क्लबको आयोजना र स्प्रिङ डेल एकाडेमीको प्राचार्य शरणकुमार राईको अध्यक्षता र हनोक थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा यसै सभामा मोहित भुजेललाई नेपाल आईडलको मञ्चमा जिताउन कसरी मिलेर कार्य गर्न सकिन्छ साथै के कसरी मिलेर अघि बढ्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा उपस्थित सबैले आफ्ना आफ्ना सल्लाह सुझावहरू प्रस्तुत गरेका थिए। सभाको निर्णय अनुसार अब आगामी दिनमा तीनधारे महानदी समष्टि स्तरीय सभा साथै खरसाङमा पनि सभा गर्ने भएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्य राजीव तामाङले नेपाल आईडलको मञ्चमा आफ्नो प्रस्तुति दिईरहेका सिविटार चियाबारी निवासी मोहित भुजेललाई जिताउन सहयोगको लागि सबैलाई निवेदन गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *