राजगञ्ज: मझियाली ग्राम पञ्चायतको पाथरघाटमा आज फुटबल टुर्नामेन्टको आयोजना गरियो। उक्त टुर्नामेन्ट श्री अरबिन्दको १५०औं जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको थियो। सिलगढीको डिभाइन लाइफ फाउन्डेशनको पहलमा राजगञ्ज ब्लक अन्तर्गत मझियाली ग्राम पञ्चायतको पाथरघाटमा उक्त प्रतियोगिताको आयोजना गरियो। सिलगढी लगायत विभिन्न इलाकाको ८ वटा टोलीले उक्त प्रतियोगितामा अंश ग्रहण गरेको छ। यस सम्बन्धमा डिभाइन लाइफ फाउन्डेशनका सदस्य दिलीप अग्रवालले भने, श्री अरबिन्दोको १५०औं जयन्तीको अवसरमा डिभाइन लाइफ फाउन्डेशनको तर्फबाट विभिन्न कार्यक्रमको आयोजना गरेको छ । गत ४ अगस्तको दिन चित्राङ्कन प्रतियोगिताको आयोजना गरिएको थियो भने आज फुटबल टुर्नामेन्टको आयोजना गरिएको हो। आगामी दिनमा हर घर तिरङ्गा तथा स्वतन्त्रता दिवस मनाइनेछ। आजको टुर्नामेन्टमा डिभाइन लाइफ फाउन्डेशनका सिलगढी सर्कल संयोजक चन्द्रकान्त मेहता, ललित अग्रवाल, विकास जादोजिया, तापस दत्त र प्रान्जल मौर्य उपस्थित थिए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




