कोलकाता: काउन्सिल फर द् इण्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सीआईएससीई) र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई)ले चाँडै कक्षा १० र १२औं कक्षाको परिणाम घोषणा गर्न गइरहेको छ। स्रोतका अनुसार दुवै आईसीएसई कक्षाको परिणाम ८ मई देखि १० मईसम्ममा घोषणा गर्न सकिनेछ। विद्यार्थीहरूले cisce.org, cisceresult.in, results. cisce.org मा आफ्नो परिणाम हेर्न सक्नेछन्। यद्यपि, यसको निश्चित मितिको बारेमा छिट्टै जानकारी दिइनेछ। सीबीएसई बोर्डले ३ मईमा एक अधिसूचना जारी गरिसकेको थियो कि परिणाम २० मई पछि घोषणा गरिनेछ। परिणाम घोषणा हुने बित्तिकै विद्यार्थीहरुले आफ्नो रोल नम्बर मार्फत परिणाम हेर्न सक्नेछन्। यस वर्षको बोर्ड परीक्षामा सहभागी सबै विद्यार्थीले परिणाम सार्वजनिक भएपछि आधिकारिक वेबसाइटमा गएर परिणाम हेर्न सक्नेछन्। आधिकारिक वेबसाइट बाहेक, आईएससी कक्षा १० र १२औं परिणाम पनि डिजीलकरमा उपलब्ध हुनेछ। विद्यार्थीहरूले डिजीलकरमा खाता खोलेर अंक विवरण र पास प्रमाणपत्र डाउनलोड गर्न सक्षम हुनेछन्। यस वर्ष सीआईएससीई १०औं कक्षाको परीक्षा २१ फरवरीदेखि २८ मार्च २०२४ सम्म भएको थियो। जबकि १२औं कक्षाको परीक्षा २०२४ फरवरी १२ देखि २०२४ अप्रेल २०२४ सम्म सञ्चालन भएकोमा मनोविज्ञान परीक्षाको प्रश्नपत्र हराएको थियो। स्वभाविक रूपमा उम्मेदवारसँगै बोर्डले पनि धेरै समस्या भोग्नुपरेको थियो। जबकि सीबीएसई १० र १२ को बोर्ड परीक्षा यस वर्ष १५ फरवरीबाट शुरु भयो। कक्षा १० को परीक्षा १३ मार्च र कक्षा १२ को परीक्षा २ अप्रेलमा भएको थियो। दुवै कक्षाका लागि ३९ लाख उम्मेदवारले दर्ता गरेका थिए। सीबीएसईले १०औं र १२औं बोर्डको परीक्षा एउटै शिफ्टमा सञ्चालन गरेको छ।