सिलगढीमा लाखौंको गाँजासहित दिनहटाका एक युवक पक्राउ

IMG-20240505-WA0200.jpg

सिलगढी: लाखौंको गाँजासहित एक युवक पक्राउ परेका छन्। आरोपी सुजन देवनाथ (२७) हुन्। उनी दिनहाटा निवासी भएको बताइएको छ। आज पिकअप भ्यानमा गाँजा लुकाएर कोचबिहारबाट सिलगढी हुँदै बिहारतर्फ लैजाँदै गरेको जानकारी प्राप्त भएको छ। माटिगडा थानाको एसटीएफ टोली र सादा पोशाकका

पुलिसलाई यसबारे जानकारी पाएलगत्तै आज फासीदेवा अन्डरपास नजिकै संयुक्त अपरेशन गरी एउटा पिकअप भ्यानलाई शंकाको आधारमा रोकिएको थियो।त् यसपछि खोजीका क्रममा पिकअप भ्यानमा बनेको विशेष कक्षबाट २८ प्याकेट गांजा बरामद भएको थियो। यी २८ वटा प्याकेटमा कुल १४० किलो गांजा थियो। जसको बजार मूल्य लाखौं रुपियाँ अनुमान गरिएको छ। त्यस्तै, लागुऔषध ओसारपसारको आरोपमा पिकअप भ्यान चालक सुजन देवनाथ पनि पक्राउ परेका छन्।

स्रोतबाट प्राप्त जानकारीका अनुसार गांजा कोचबिहारबाट सिलगढी हुँदै बिहार ल्याइएको थियो। तर बीचमै लागुऔषधसहितको पिकअप भ्यान नियन्त्रणमा लिइएको थियो। आरोपी चालकलाई सोमबार सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement