दार्जीलिङ: हाम्रो पार्टीको सोच र विचारहरूलाई जन मानसहरूमा पुराउँन आज पार्टीले युवा एकाईको गठन कार्य शुरू गरेको छ। शहरको माल रोडस्थित पी कोठी हाम्रो पार्टीको कार्यालयमा एक सभाको आयोजना गरियो। आयोजित सभाको अध्यक्षतामा दीपु थापाले गरेका थिए।सभामा धेरै लामो चर्चा परिचर्चा भएपछि हाम्रो पार्टीले पार्टीको सोच र विचारहरूलाई ग्रामिण क्षेत्रहरूसम्म पुराउन हाम्रो पार्टीको युवा एकाई गठन गर्ने निर्णय लिएको छ। जसमा सर्वसमति अनुरूप फिन्जो वाङगेल गुरूङलाई युवा एकाई केन्द्रीय कमिटीको कार्यकारी अध्यक्ष चयन गरिएको हाम्रो पार्टीको कालेबुङ ब्रान्च दुईको महासचिव श्याम गौतमले बताएका छन्। त्यसरी नै हाम्रो पार्टी युवा एकाई दार्जीलिङ अर्डिनेटर दीपु थापा अनि हाम्रो पार्टी कालेबुङ युवा एकाई कोअर्डिनेटर चन्दन परियारलाई आजको सभाले चयन गरिएको श्याम गौतमले बताए। तिनले अझ भने, पार्टीले युवा एकाईको गठन गर्ने धेरै अघि नै सोच बनाएको थियो तर समयको अभावको कारणले गर्दा विलम्ब हुन गएको हो भन्ने गौतमले बताए। हाम्रो पार्टीको युवा एकाईले पार्टीको सोच र विचारहरूलाई जन मानसहरूमा पुराउने कामहरू गर्ने छन् साथै युवा एकाई पार्टीको मेरू दण्ड भएर हरेक कार्यहरूमा सामेल हुने छन भन्ने गौतमले बताए।

आजको युवा नै भोलीको देशको कर्णधार हुन अनि देश र जातिको हितमा हाम्रो पार्टीको युवा एकाईले निर्भिक भएर काम गर्नेछ भन्ने गौतमले दोहोराए। आगमी केही दिनभित्रमा नै हाम्रो पार्टीको युवा एकाई पूर्ण रूपमा गठन भएर गोर्खाहरूको दीर्धकालिन मांग साथै जनताको हरेक समस्याहरू पार्टीको आवाज भएर आउनेछ भन्ने श्याम गौतमले बताए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




