अलिपुरद्वार: विद्यार्थीहरूको चित्रकला प्रतिभा विकास गर्न, फालाकाटा हाईस्कूल क्याम्पसमा आइतवार फालाकाटा प्रयास कल्याणकारी समाजको पहलमा चित्रकला प्रतियोगिताकाे आयोजना गरियो। उक्त प्रतियोगितामा ४ विधामा ५२३ विद्यार्थी सहभागी भएको र प्रत्येक विधामा प्रथम दश विजेतालाई १६ जुनकोो दिन सामुदायिक हलमा हुने प्रार्थनाको वार्षिक सांस्कृतिक कार्यक्रममा पुरस्कृत गरिने संस्थाका अध्यक्ष शुभजित साहले जानकारी दिए।