करिना कपुर खान बनिन् युनिसेफको राष्ट्रिय ब्रान्ड एम्बेसडर

1768Kareena-Kapoor.jpg

नयाँ दिल्ली: अभिनेत्री करीना कपुर खानलाई युनिसेफ भारतको नयाँ ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ। सन् २०१४ देखि संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को भारत इकाईसँग आबद्ध रहेकी करीना कपूरले प्रत्येक बालबालिकाको विकास, स्वास्थ्य, शिक्षा र लैङ्गिक समानताको अधिकारलाई अगाडि बढाउन गैर-नाफामुखी संस्थालाई सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ।
युनिसेफ इन्डियाको राष्ट्रिय राजदूत बनेपछि ‘क्रू’ नायिकाले खुसी व्यक्त गर्दै युनिसेफ इन्डियासँगको आफ्नो यात्रा एक दशक पुरानो भएको बताइन्। यस अवसरमा करीना कपुर (४३)ले सो कार्यक्रमको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै युनिसेफलाई धन्यवाद दिएको लेखेकी छिन्। यो मेरो लागि भावनात्मक दिन थियो। म युनिसेफ भारतको राष्ट्रिय राजदूत हुन पाउँदा गर्व महसुस गर्छु। यस संस्थासँगको विगत १० वर्षको यात्रा निकै राम्रो रह्यो। म युनिसेफ भारतलाई पनि बधाई दिन चाहन्छु र भारतमा बालबालिकाको जीवनमा उनीहरूको अविश्वसनीय प्रभावको ७५ वर्ष मनाउन चाहन्छु।

यस संसारका भावी पुस्ता अर्थात् बालबालिकाको अधिकार जत्तिको महत्वपूर्ण अरु केही छैन। अब भारतको राष्ट्रिय राजदूतको हैसियतमा युनिसेफसँग मेरो सम्बन्ध जारी राख्न पाउनु मेरो लागि सम्मानको कुरा हो।

About Author

Advertisement