साउन महिनाको शुभ अवसरमा महाकलशयात्रा

IMG_20220807_195933.jpg

सिलगढी: आज सिलगढीमा हिन्दू सभ्य समाजको ब्यानरमा साउन महिनाको शुभ अवसरमा महाकलशयात्रा निकालिइयो। हजारौँको संख्यामा सनातन धर्म पालन गर्ने मानिसहरू एवम् शिव भक्तहरू यस कलशयात्रामा सामेल थिए। सिलगढी चम्पासारीस्थित श्री गुरु विद्या मन्दिर स्कुलको प्राङ्गणबाट महिलाहरूले २१०० वटा कलश बोकेर कलश यात्रा शुरू गरेर चम्पासारी मोड़, मल्लागढी, दार्जिलिङ मोड़ हुँदै चाँदमुनि मन्दिरमा पुगेर समापन गरियो। यसपछि चाँदमुनि मन्दिरमा पुजा अर्चना गरियो।यस अवसरमा हिन्दू सभ्य समाज अध्यक्ष मनोज शर्मा तथा चेयरम्यान आदित्य प्रसाद सोनीले भने, रामेश्वरम धामबाट जल ल्याएर उक्त शोभायात्रा निकालिइएको हो। उक्त कलश यात्रामा हजारौंको संख्यामा महिलाहरू सामेल थिइन् । प्रत्येक वर्ष साउन महिनामा तिनीहरूले कलश यात्राको आयोजना गर्दै आइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement