उत्तर दिनाजपुर: पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लामा ताहेर बेगम नामकी एक महिलाले एकैसाथ पाँच छोरीलाई जन्म दिइन्। जावेद आलम बिहारको ठाकुरगञ्ज क्षेत्रका बासिन्दा हुन्। उनकी श्रीमती ताहेर बेगम हुन्। जावेद कामका लागि अर्कै राज्यमा बस्छन्। शुरुको दुई महिनापछि डा. फरजाना नुरीले अल्ट्रासोनोग्राफी मार्फत गर्भवती महिलालाई आफू पाँच सन्तानकी आमा बन्न लागेको बताइन्। त्यसपछि डाक्टरको सल्लाहमा डाक्टर फरजान नूरीले गर्भवती आमालाई हिम्मत दिन थाले। गर्भवती महिला ताहेर बेगमलाई आइतबार बिहान सुत्केरी पिडा हुन थालेपछि इस्लामपुरको आम्बगन क्षेत्रस्थित रेजा केयर नामक नर्सिङ होममा भर्ना गरिएको थियो। केही समयमै उनले प्राकृतिक रूपमा पाँच छोरीलाई जन्म दिइन्। परिवारक स्रोतका अनुसार पाँचै छोरी र आमा स्वस्थ छन्।