भारतीय इतिहास संकलन योजना नयाँ दिल्लीका राष्ट्रिय उपाध्यक्ष डा. कृष्ण स्वरूपको निधन

01IMG_20220807_185041

नयाँ दिल्ली: राजस्थान र विशेषगरी मेवाड़मा इतिहासको पर्याय र भारतीय इतिहास संकलन योजना, नयाँ दिल्लीका राष्ट्रिय उपाध्यक्ष डा. कृष्ण स्वरूप गुप्ताको ७ अगस्त आइतबारको दिन निधन भयो। डा. केएस गुप्ता उदयपुरमा इतिहास अध्यक्षको क्षेत्रमा वरिष्ठतम शिक्षक, आचार्य र विद्वान थिए। विगत ६० वर्षमा उदयपुर र वरिपरिका क्षेत्रहरूमा इतिहासको जति विद्वान तयार भए सबै उनीबाट शिक्षित, प्रशिक्षित र संरक्षित रहे। आज मेवाड़ क्षेत्रको कुनैपनि विश्वविद्यालयमा हेरौं उनले नै पढ़ाएका विद्यार्थीले हामीलाई शिक्षण गरेको देखा पर्नेछन्। मृदु भाषी, हास्य प्रेमी र सहज सरल भाषामा आफ्नो कुरा प्रस्तुत गर्ने कला उनलाई अन्य विद्वानहरू र इतिहासकारहरूदेखि अलग बनाउँदछ। उनी उदयपुर विश्वविद्यालय जुन पछि मोहनलाल सुखाड़िया विश्वविद्यालय भनियो, त्यसमा प्रोफेसरको पदबाट सेवानिवृत्त भए। सन् १९६० देखि सन् २०२२ बची उनले लगभग २६ पुस्तक र ४९ आलेखहरूको प्रकाशन गरे। उनले पुस्तकहरूको लेखन तीन भाषामा गरे अनि आज यी पुस्तक विश्वभरिका २६० पुस्तकालयहरूमा प्रदर्शित छन्।

उनले आफ्नो शोध मेवाड़-मराठा सम्बन्धमा गरे अनि यही विषयमा उनलाई पीएचडी पनि प्रधान गरियो। उनले लेखिएका प्रमुख पुस्तकहरूमा मेवाड़ा र मराठा सम्बन्ध (१७३५-१८१८), मराठाकालीन ऐतिहसिक दस्तावेज: बनेड़ा संग्रह (१८०५-१८१८), राजस्थानको राजनीतिक एवं संस्कृत इतिहास, प्रारम्भिक मध्ययुगीन कालदेखि १८५७ सम्म राजस्थानको इतिहासका परिचयःराजस्थानको इतिहासको स्रोत, सलेक्शन फ्रम बनेड़ा आर्काव्जः सिविल वार इन मेवाड़, बनेड़ा संग्रहालयको अभिलेख, केएस गुप्ता र एलपी माथुरद्वारा सम्पादित, महाराणा प्रतापसित सम्बन्धित स्रोत एवं स्थान: दिवेर विजय, राजस्थानको इतिहासकार, मेवाड़को इतिहासको अविस्मरणीय प्रसंग, बहुआयामी राष्ट्रनायक प्रताप आदि पुस्तकहरू सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement