सीमा सडक संगठनको ६५औं स्थापना दिवस समारोहमा विभिन्न कार्यक्रमको आयोजना

n6058585961714842006111c169fe9636e7f0d7b43cef40d79774a002a8f78365a6b3b36dd42fc078259a00.jpg

गान्तोक: सीमा सडक संगठनको ६५औं स्थापना दिवस समारोहको रूपमा प्रोजेक्ट स्वास्तिकले उत्कृष्टता र सामुदायिक संलग्नताप्रति संस्थाको प्रतिबद्धता प्रदर्शित गर्दै विभिन्न कार्यक्रमहरूको आयोजना गऱ्यो।

यस क्रमा उत्तर जिल्लामा बाइक ऱ्याली सम्पन्न गरिएको छ। ९ जना कुशल बाइकरले चुनौतीपूर्ण स्थलहरूको परिक्रममा गर्दै सफलतापूर्वक ऱ्याली सम्पन्न गरेका छन्।

उक्त ऱ्याली राङ्गमा रेञ्जबाट शुरू भएको थियो भने लाचेन, जिमा, डोङक्याला पास, लाचुङ हुँदै पुनः शुरू भएको स्थानमा पुगेर समापन भएको जानकारी गराइएको छ। यस ऱ्यालीले केवल सीमा सडक संगठनको सम्पर्क विरासत मात्र प्रदर्शन नगर्ने तर विभिन्न भूभागहरू जित्नका लागि यसका कर्मचारीहरूको असाधारण क्षमताकै पनि प्रदर्शन गरिएको हो। र्यालीलाई रङ्गमा रेन्जबाट विभिन्न नागरिक समाजका सदस्यहरुको उपस्थितिमा लाचेनका पिपेनले झण्डा हल्लाएर प्रस्थान गराएका थिए।

बाइकर्स टोलीलाई विभिन्न स्थानमा स्वागत पनि जनाइएको थियो। बाइक र्याली मार्फत, परियोजना स्वस्तिकले उत्तर सिक्किमका मानिसहरूलाई यस क्षेत्रमा चाँडोभन्दा चाँडो सम्पर्क पुनर्स्थापना गर्न सीमा सडक संगठनद्वारा गरिएका विभिन्न पहल र कार्यहरूको बारेमा जानकारी गराएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement