निवर्तमान मुख्यमन्त्री तामाङको निर्देशमा रोगीलाई दिल्ली लगियो

IMG-20240504-WA0228.jpg

गान्तोक: निवर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिम सिलगढीको एक निजी अस्पतालमा उपचारधीन रोगीलाई हिजो दिल्ली लगिएको छ। पोकलोक कामराङ निवासी सन्ध्या प्रधान गत केही दिन अघिदेखि सिलगढीको एक निजी अस्पतालमा उपचारधीन रहेकी थिइन्। तर कुराको जानकारी पाउनसाथ तामाङको दिशा निर्देश अनुसार हवाइ जहाजको माध्यमद्वारा उनलाई दिल्ली लगिएको र हाल उनी दिल्लीको बीएलके मेक्स सुपर स्पेश्यालिटी अस्पतालमा उपचारधीन रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार उनीको उपचार सिलगढीको आन्नदलोक अस्पतालमा भइरहेको थियो। यसरी मुख्यमन्त्रीले तुरून्त सहयोग प्रदान गरेकोमा रोगीका परिवारले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement