गान्तोक: गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति सोरेङ जिल्लाले आज २ वटा पोस्टल व्यालेट प्राप्त गरेको छ। उक्त पोस्टल व्यालेट नोडल अधिकारी रञ्जनी पेगाले सोरेङ जिल्लाको ढाकघरबाट प्राप्त गरेका हुन् भने यस अवसरमा चुनाउ विभागका अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। भारतीय चुनाउ आयोगको नियम अनुसार प्राप्त गरेको सबै पोस्टल व्यालेट महकुमा अधिकारी, चुनाउ विभागका अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधहरूको उपस्थितिमा स्ट्रङरूममा राखियो। पोस्टल व्यालेट राख्ने सम्पूर्ण प्रक्रियाको भीडिओमा कैद गरिएको छ। गत १६ अप्रेलदेखि अहिलेसम्म सोरेङ जिल्लाले कूल चारवटा निर्वाचन क्षेत्रको निम्ति १३७ वटा पोस्टल व्यालेट प्राप्त गरिसकेको छ।