मनसुन तयारीलाई लिएर मंगन जिल्लामा बैठक सम्पन्न

IMG-20240504-WA0226.jpg

गान्तोक: प्रत्येक वर्ष झै यस वर्ष पनि मंगन जिल्लाले वार्षिक मनसुन तयारी सम्वन्धि एक सभा आयोजना गऱ्यो। मंगन जिल्लाको जिल्ला प्रशानिक भवनको चुनाउ हलमा सम्पन्न भएको सभाको अध्यक्षता मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले गरेका थिए। उक्त सभामा पुलिस अधिक्षक सोनम देट्छु, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, सीमा सडक संगठन, आइटीबीपी लगायत विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। सभामा विशेष गरेर मनसुन तयारी विभिन्न विभागको दायित्व, जिम्मेवारी, पूर्वतयारी, आगामी मनसुनमा आउन सक्ने अप्रत्याशित विपद्को सामना गर्न र लाइन विभागहरूबीच राम्रो समन्वयको तयारी गर्ने विषयमा छलफल गर्न सभा आयोजना गरिएको हो। सभालाई सम्बोधन गर्दै जिल्लापाल हेम कुमार छेत्रीले गत वर्ष दिसम्बरमा आएको बाढीमा संलग्न सबैको काम र प्रयासको प्रशंसा गर्दै आगामी दिनको मनसुन अझ चुनौतीपूर्ण हुनसक्ने बताउँदै यसको निम्ति लाइन विभागहरूलाई सतर्क रहन आग्रह गरे।उनले नोडल अफिसरहरू पहिचान गर्न र आपतकालिन अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सबैले एक अर्कासँग तालमेर राखेर काम गर्नुपर्ने निर्देशन दिए। उनले आगामी दिनमा हुने विपदलाई ध्यानमा राख्दै आवश्यक सामग्रीको भण्डार गर्नुपर्ने सुझाउ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement