राज्य दिवस तयारीलाई लिएर तयारी सभा सम्पन्न

IMG-20240504-WA0225.jpg

गान्तोक: आगामी १६ मइको दिन पालन गरिने ४९औं राज्य दिवस तयारीलाई लिएर राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा एक सभा सम्पन्न भयो।राजधानीस्थित टाशीलिङ सचिवालयमा सम्पन्न भएको बैठकमा आगामी दिनमा पालन गरिने राज्य दिवसबारे छलफल गरियो। सभामा मुख्य सचिवले राज्य दिवस पालनको निम्ति विभिन्न विभागद्वारा गरिनुपर्ने आवश्यक प्रवन्धनबारे चर्चा गर्दै सम्वन्धित विभागलाई कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति जिम्मेवारी सुम्पिएका छन्। सोही प्रकारले मुख्य सचिवले आगामी वर्ष सिक्किमले ५०औं राज्य दिवस पालन गर्ने भएको यसबारेमा सबैले आफ्नो बिचार साँझा गर्नुपर्ने बताए। सभामा उपस्थित सबै अधिकारीहरूले आफ्नो सुझाउ राखेका थिए। आजको सभामा गृह विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ लगायत विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *