एनएच १० मई ६ देखि ९ मईसम्म बन्द रहने

NH-10

गान्तोक: सिक्किमको जीवन रेखा राष्ट्रिय राजमार्ग १० मई ६ देखि ९ मईसम्म पूर्ण रूपमा बन्द रहने योजना छ। राष्ट्रिय राजमार्ग १० अन्तर्गत रविझोडादेखि गेल खोलासम्मको करिब २८ दशमलव ८० किलोमिटरदेखि २६ दशमलव ४० किलोमिटरको दुरी काट्नका लागि बिटुमिनसको काम गर्नुपर्ने भएकाले बन्द आवश्यक भएको छ। राष्ट्रिय राजमार्ग, डिभिजन ९, पीडब्ल्यु (सडक) का कार्यकारी इन्जिनियर ११ को अनुरोधपछि अस्थायी बन्द गने र यातायात डाइभर्ट गर्ने निर्णय गरिएको छ। सडक पूर्वाधार कायम राख्न र यात्रुहरूको लागि सुरक्षित यात्रा सुनिश्चित गर्न बिटुमिनस कार्य महत्त्वपूर्ण छ। कालेबुङ जिल्लापाल मजिस्ट्रेट बालसुब्रमण्यमले मोटर वाहन अधिनियम, १९८८ को विभिन्न खण्डहरू अन्तर्गत उनलाई दिइएको शक्तिहरूको प्रयोगमा आदेश जारी गरे। आदेशमा रविबाट सबै प्रकारका सवारीसाधनको आवागमनमा अस्थायी प्रतिबन्ध र डाइभर्सन गर्न निर्देशन दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *