पटना: बिहारको औरंगाबाद जिल्लामा मंकीपक्सको एक संदिग्ध युवक फेला परेको छ। ज्वरको साथ उसको शरीरमा ठूला-ठूला फोका भएको छ। युवक केही दिनअघि मात्र दिल्लीबाट औरंगाबाद आएको छ। उसको रोगको लक्षण देखेर मंकीपक्सको सम्भावना व्यक्त गरिन्दैछ। अहिले उसको नमूना लिएर जाँचको निम्ति पुणे पठाउने तयारी चलिरहेछ। औरंगाबादका सिविल सर्जन सह मुख्य चिकित्सा पदाधिकारी डा. कुमार वीरेन्द्र प्रसादअनुसार गत केही दिनअघि मात्र युवक दिल्लीदेखि औरंगाबाद आएको छ। युवक औरंगाबादको कुटुम्बा गाउँको निवासी हो। दिल्लीदेखि बिहार फर्किनसाथ युवक अस्वस्थ हुन थाल्यो। उसलाई ज्वरोको साथै शरीरमा फोकाको निशान देखिन थाल्यो। अहिले उसलाई उसकै घरमा आइसोलेट गरिएको छ। जाँचको निम्ति टीमलाई पठाएर नमूना कलेक्शन गराइँदैछ। उसको नमूनालाई पुणे पठाउने तयारी गरिनेछ। सिविल सर्जनअनुसार मंकीपक्सको संदिग्ध युवक भेटिएपछि पूरा गाउँमा अलर्ट जारी गरिएको छ। जति पनि मानिस उसको सम्पर्कमा आएका छन्, सबैको जाँच गरिन्दैछ।









