सिलगढी: एक युवकको झुण्डिएको अवस्थामा लाश भेटिएपछि खोरीबारी क्षेत्रमा सनसनी मच्चिएको छ। आज खेतमा काम गर्ने क्रममा रुखमा झुण्डिएको अवस्थामा एक युवकको लाश स्थानीयले देखेका छन्। मृत्यु हुनेको नाम किशोरकुमार राय (२४) रहेको छ। उनी वारिशजोतका बासिन्दा थिए। घटनाको खबर पाएलगत्तै खोरिबारी पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको थियो।स्रोतका अनुसार मृतक युवक केही दिनदेखि डिप्रेसनबाट पीडित थिए। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।