मानव मूल्यलाई प्रमुखता दिँदै नमस्ते खरसाङद्वारा आफ्नो वर्षगाँठ वृद्ध आश्रममा पालन   

NK-1A

आऊ गफसफ गरौँ’, ‘म्युजिकल जर्नी विथ विश्व’, ‘कठघरा’, ‘साहित्य उद्यान’, ‘खेल खेलाडी’, ‘चर्चा परिचर्चा’ नमस्ते खरसाङको लोकप्रिय कार्यक्रम

खरसाङ: दार्जीलिङपहाडी भेकको टीभी च्यानल नमस्ते खरसाङले ६ वर्ष पूरा गरेर आज अर्थात आइतबारदेखि ७ वर्षमा पाइला टेकेको छl यस अवसरमा नमस्ते खरसाङले आफ्नो छैटौं वर्षगाँठ खरसाङदेखि करिब १५ किलोमिटर टाडो रोहिणीमा अवस्थित रोहिणी वृद्ध आश्रममा मनायोl आफ्नो प्राराम्भिककालदेखि नै नमस्ते खरसाङले विभिन्न किसिमले मानव मूल्यलाई प्रमुखता दिँदै कार्यक्रम गर्दै आएका हुनाले आफ्नो वर्षगाँठ पनि वृद्ध आश्रममा पालन गरेको होl कार्यक्रमको प्रारम्भमा रोहिणी वृद्धाश्रममा रहेका १९ जना असहाय वृद्धवृद्धाहरुलाई नमस्ते खरसाङको तर्फबाट खादा लगाएर सम्मान जनाइयो। त्यसपछि केक काटेर च्यानलको वर्षगाँठ कार्यक्रम सम्पन्न गरियो। यस अवसरमा नमस्ते खरसाङका प्रबन्धन निर्देशक निर्मल गुरुङ, च्यानलका कार्यक्रम प्रस्तोताहरु उमेश कार्कीडोली, विश्व सुब्बा, सिल्भेस्टर लेप्चा, भिडीयो एडिटर अर्पण गुरुङ, क्यामेरामेन भोला राउत, फुर्बा लामा उपस्थित थिएl यसका साथमा खरसाङका सामाजिक कार्यकर्ता एवं फ्रेश बाइट बेकरीका मालिक फिरोज अख्तर, प्रेस क्लब खरसाङका अध्यक्ष मुरारीलाल पञ्चमको विशेष रुपमा उपस्थिति रहेको थियोl

कार्यक्रमको संचालन उमेश कार्कीडोलीले गरेका थिएlधेरै सुख-दु:खको सामना गरेर च्यानल अघि बढेको बताउँदै निर्मल गुरुङले सम्पूर्ण श्रोताहरुको उर्जामय प्रशंसाका च्यानलले लोकप्रियता हासिल गर्नसकेको निर्मल गुरुङले बताएl उनले सम्पूर्ण श्रोताहरु साथै च्यानललाई सहयोग पुर्याउने महानुभावहरुप्रति आभार प्रकट गरेका छन्l १६ अगस्त २०१६ मा नमस्ते खरसाङ च्यानल शुरु भएको होl धेरै उतारचडावका बीच   निक्कै कठिन सङ्घर्ष गरेर च्यानलले ६ वर्ष पूरा गरेर सातौँ वर्षमा प्रवेश गर्न सफल भएको छl

१६ सन् २०२० देखि नमस्ते खरसाङको प्रसारणमा एनके समाचार निरन्तर संचालन भइरहेको छl दिनहुँ बेलुकी ७:३० बजे एनके समाचारबाट समाचार प्रसारण हुने गरेको छl छोटो अवधिमा नै एनके समाचारले लोकप्रियता हासिल गर्न सफल भएको छl नमस्ते खरसाङले प्रसारण गर्ने कार्यक्रमहरुमा ‘आऊ गफसफ गरौँ’, ‘म्युजिकल जर्नी विथ विश्व’, ‘कठघरा’, ‘साहित्य उद्यान’, ‘खेल खेलाडी’, ‘चर्चा परिचर्चा’ आदि लोकप्रिय रहेको छl यसबाहेक नयाँ प्रतिभाहरुलाई च्यानलमा प्रस्तुत गराएर उकेरा दिने कार्य गर्दै आइरहेको छl समय समयमा विभिन्न किसिमका सामाजिक समस्याहरु बारे सर्वसाधारणलाई जागरुक गराउन नमस्ते खरसाङले विशेष फिचर पनि प्रसारण गर्ने गरेको छl

नमस्ते खरसाङले कार्यक्रम प्रसारणसँगै धेरै आपदविपदमा परेका रोगीहरुका उपचार गर्न अर्थ सङ्ग्रह गरेर सहयोग पुर्याउने कार्य गरेको छl कतिपय असहायहरुलाई नयाँ जीवन दिन गैर सरकारी संस्थासित मिलेर उद्धार कार्यमा सहभागिता जनाउने कार्य गरेको छl आज च्यानलको वर्षगाँठमा आफ्नो खुशी रोहिणी वृद्ध आश्रमका असहाय वृद्धवृद्धाहरुका साथमा मनायोl यस अवसरमा रोहिणी वृद्धाश्रमका हेरचाह गर्ने वरिष्ठ सदस्य उषा राईले वृद्ध आश्रमको तर्फबाट नमस्ते खरसाङ परिवारप्रति शुभकामनासहित आभार प्रकट गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement