हामी जीटीए चुनावको पक्षमा छौं र जीटीए चुनावमा भाग पनि लिनेछौं – माकपा

122c36fe-9b9a-473d-a52d-f842c8151dcf

दार्जीलिङ – भारतीय कम्युनिष्ट पार्टी माकपाले जीटीए चुनाव हुनुपर्छ र माकपाले जीटीएमा चुनावमा भाग लिनेछ भनी स्पष्ट पारेका छन्। आज भारतीय कम्युनिष्ट पार्टी माक्सवादी माकपा दार्जिलिङ जिल्ला कमिटीको सभा दार्जीलिङमा सम्पन्न भएको छ। उक्त सभा माकपाले आगामी चुनावलाई मध्य नजर राख्दै पार्टीको अड़ान स्पष्ट पार्नलाई चर्चा गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै माकपाको पूर्व सांसद एंव माकपाको दार्जीलिङ जिल्ला सचिव समन पाठकले बताएका छन्। तिनले अहिलेको अवस्थामा यही थोत्रे जीटीए नै भएपनि प्रशासक राखेर चलाउँदा जनताको भागीदारी हुँदैन, त्यसैले जनताको भागीदारी गर्नलाई र लोकतान्त्रिक प्रोसेस चालु गराउनलाई पनि हामी जीटीए चुनावको मांग गर्दछौं भनी बताएका छन् । समन पाठकले हामी अरु पार्टी जस्तै चुनावमा भाग लिदैनौं भनेर भन्दैनौं तर चुनावमा भाग लिनेछौं भनी बताएका छन् । समन पाठकले अघि भने- ‘दार्जीलिङ पहाड़मा अहिले क्षेत्रीय पार्टीहरूको अस्तित्व नै छैन कारण यहाँ राष्ट्रीय पार्टी भाजपाले खेलाउँदैछ कि त तृणमूलले खेलाउँदैछ। पहाड़मा सबैले भ्रमको राजनीति गरिरहेको र भ्रमदेखि बाहिर निस्केर रियलिटीमा राजनीति गर्नुपर्छ र हामी सत्य रुपमा राज्यभित्रकै अटोनोमस चाहान्छौं।’

त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै माकपा नेता केबी वातरले हामी जीटीएको लागि होइन तर पहाड़मा लोकतन्त्र बहालीको लागि चुनावको समर्थन गर्छौं भनी बताएका छन् । तिनले पहाड़ अहिले जनप्रनिधि शुन्य रहेको बताउँदै जनताले चुनेको जनप्रनिधिहरूले जीटीए चलाएको हुनुपर्छ नत्र कोलकताले मनोनित गरेको प्रशासक राखेर जीटीए चलाउनु भनेको लोकतन्त्रमा सोझै हमला हो भनी बताएका छन् । वातरले दार्जीलिङ पहाड़मा लोकतान्त्रिक प्रोसेस चालु गराउन चुनाव हुन आवश्यक छ र चुनावपछि जनताले चुनेको जोसुकै आयोस् तर जनप्रनिधिहरू छ भने राम्रो हुन्छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement