कोलकाता: पश्चिम बंगालका राज्यपाल डा. सीभी आनन्द बोसमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। यो विषयमा विवाद चर्किदै गएको छ। यस विषयमा राजनीतिक उथलपुथल बढेको छ भने पुलिसले आरोपबारे अनुसन्धान शुरु गरेको छ। कोलकाता पुलिसको सेन्ट्रल डिभिजनका डेपुटी कमिश्नर (डीसी) इन्दिरा मुखर्जीले भनिन्, ‘राज्यपालविरुद्ध दुर्व्यवहारको मुद्दा प्रकाशमा आएको छ। यस विषयमा अनुसन्धान टोली गठन गरिएको छ। हामी आगामी केही दिनहरूमा केही सम्भावित साक्षीहरूसँग कुरा गर्नेछौं। सीसीटीभी फुटेजको लागि पनि अनुरोध गरिएको छ।‘ कोलकाताको राजभवनमा कार्यरत एक कर्मचारीले पश्चिम बंगालका राज्यपाल डा. सीभी आनन्द बोसमाथि दुर्व्यवहारको आरोप लगाएकी छन्। उनले बिहीबार साँझ कोलकाताको हेयर स्ट्रीट पुलिस स्टेशनमा उजुरी दर्ता गरे। आफूलाई दुईपटक दुर्व्यवहार गरेको उनको आरोप छ। पहिलो पटक २४ अप्रेल अनि त्यसपछि बिहीबार साँझ। महिलाले आरोप लगाएकी छिन् कि राज्यपालले उनलाई आफ्नो बायोडाटा लिएर राजभवनस्थित आफ्नो चेम्बरमा आउन भनेका थिएl उनले सबैभन्दा पहिले राजभवनस्थित चौकीमा तैनाथ पुलिसलाई यसबारे गुनासो गरिन्। त्यहाँबाट उनलाई पुलिस चौकी जान भनियो। महिलाको परिचय पुलिसले गोप्य राखेको छ। ती महिला सन् २०१९ देखि राजभवनमा अस्थायी रूपमा काम गरिरहेकी थिइन्। उनी राजभवन परिसरमा रहेको होस्टेलमा बस्थिन्।