टी२० क्रिकेट एकतर्फी बन्दै गएको बताए अश्विनले

IMG-20240504-WA0198.jpg

नयाँ दिल्ली: विश्वका प्रमुख अफ् स्पिनर रविचन्द्रन अश्विनले बताएअनुसार, आधुनिक समयमा ब्याटरहरूका तेज विकासको साथ अविश्वसनीय पावर हिटिंगले क्रिकेट स्टेडियमको आकारलाई अप्रासंगिक बनाइरहेको छ अनि यस प्रवृत्तिले खेललाई एकतर्फी बनाउन सक्छ। आईपीएलको जारी सीजनमा टीमहरूले बनाइरहेको विशाल स्कोरहरूको प्रसंगमा अश्विनले यस्तो टिप्पणी गरेका छन्। सनराइजर्स हैदराबादको टीमले आईपीएलको जारी सीजनमा दुईपल्ट सर्वोच्च स्कोर (२७७ र २८७)-को रेकर्ड बनायो। त्यहीमाथि इम्प्याक्ट खेलाड़ीको आगमनपछि आईपीएल २०२४-मा धेरैपल्ट टीमले २५० भन्दा अधिकको स्कोर बनाइसकेको छ। अश्विनले भने, केही समय अघि बनाइएको स्टेडियम आजको समयमा प्रासंगिक छैन। त्यस समय जुन ब्याट प्रयोग गरिन्थ्यो, त्यो आज गल्ली क्रिकेटमा पनि गरिँदैन। यसबाहेक प्रायोजकहरूले एलईडी बोर्ड प्रयोग गर्दा बाउण्ड्री पहिलाको तुलनामा १० गज कम्ती भइसकेको छ। आफ्नो टीम राजस्थान रोयल्सको एउटा प्रचार कार्यक्रमको अवधि अश्विनले यस्तो बयान दिए।
अश्विनको भनाइअनुसार, यो क्रम जारी रहे आउँदो समयमा खेल एकतर्फी बन्नेछ। अश्विनले भने, आजको दिनमा खेल एक तर्फ (ब्याटिंग) अधिक झुकेको छ। यो कसैलाई सताएर कसैलाई खुशी बनाएको जस्तो हो। बलरहरूलाई मानसिक रूपमा प्रोत्साहनको आवश्यकता छ। यसको साथमा अश्विनले यी परिस्थितिहरूमा पनि एकजना असल बलरले आफ्नो पहिचान बनाउने अनि आफ्नो नयाँ कौशलको साथ स्वयंलाई साबित गर्न जारी राख्ने आशा व्यक्त गरे। उनले भने, खेलको सन्तुलन बिग्रिँदा तपाईंले जवाफ खोज्नु पर्छ। स्वयंलाई अलग देखाउने यो असल मौका हुन्छ। एकजना बलरको रूपमा तपाईंले पनि केही असल सोच्नु पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement