हेमन्तको ‘जाउँ साइँली बेनी बजार’मा प्रकाश र अञ्जली

prakass-copy

काठमाडौं: स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत  ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन रेकर्ड गराएका छन्। रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो। मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ। भिडीयोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ। भिडीयोका निर्देशन सुनिल विकले गरेका हुन्। रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायांकन भिडीयोमा छ। गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन्। संगीत भने स्वर्गीय विष्टकै रहेको छ। पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement