सिलगढी: हत्याको आरोपमा पुलिसले तीन जनालाई पक्राउ गरेको छ। हत्यापछि तीनै अभियुक्त भूमिगत भइसकेका थिए तर अन्ततः पुलिसले पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार २४ अप्रेलमा पुरानो विवादका कारण दार्जीलिङ नजिकैको इलाकामा बिहारका एक युवकलाई केही बदमाशहरूले धारिलो हतियारले प्रहार गरेका थिए। घटना लगत्तै उनलाई सिलगढीको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। युवकको उपचारका क्रममा २६ अप्रेलमा मृत्यु भयो। उपचारका क्रममा घाइतेको उजुरीका आधारमा पुलिसले आरोपितलाई पक्राउ गरेको छ। उनीसँग सोधपुछ गरेपछि थप तीन जनाको नाम खुल्यो। यस मामिलामा गत शुक्रबार राति पक्राउ परेका बब्लु मुखिया, रमेश मुखिया, पवन मुखियालाई शनिबार सिलगढी अदालतमा पठाइएको छ।