सिलगढी: तामाको प्लेट बेच्ने नाममा सिलगढीका एक व्यापारीलाई ठगी गरेको आरोपमा भक्तिनगर पुलिसले राजस्थानका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम सौरभ दयारुका बताइएको छ। उनी जयपुरका बासिन्दा हुन्। सिलगढीका तन्मय खेमका नामका व्यापारीले तामाको प्लेट किन्न अभियुक्तलाई १० लाख ५९ हजार रुपियाँ पठाएको बताइएको छ। तर आरोपीले पैसा लिएर पनि सामान दिएनन्। लगत्तै व्यवसायीले ११ फरवरीमा भक्तिनगर पुलिस चौकीमा लिखित उजुरी दिएका थिए। घटनाको अनुसन्धान गर्न भक्तिनगर थानाको पुलिस टोलीले राजस्थान गएको र आरोपी सौरभ दयारुकालाई पक्राउ गरी ट्रान्जिट रिमाण्डमा सिलगढी ल्याएको थियो। पुलिसले उनलाई शनिबार जलपाईगढी अदालतमा पठाएर घटनाको अनुसन्धान शुरु गरेको छ।










