भागोप्रमो युवा शक्ति टुंग गैरी गाउँ शाखाको सभा अनि नयाँ कमिटी गठन

IMG-20220807-WA0173.jpg

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुुंग सन्तमेरिज समष्टि अन्तर्गत गैरी गाउँ पार्टी कार्यालयमा समष्टि युवा शक्ति सभापति उग्रेन घिसिङको सभापतित्वमा सांगठनिक सभा सम्पन्न भयो। सभालाई विशेष समष्टि सभासद नुरी शेर्पाले सम्बोधन गर्दै विगत दिनको चुनावमा गैरी गाउँ युवा शक्तिका सम्पूर्ण सदस्यहरूले धैरे साथ दिएर बुथलाई विजय गराएकोमा धन्यवाद दिए। उनले आगामी दिनमा पनि युवा शक्तिले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी अनि अनित थापाको हातलाई बलियो पार्ने आशा व्यक्त गर्दै यस क्षेत्रको विकासको कार्यलाई पारदर्शी अनि सबैको सर-सल्लाह लिएर गरेर जाने अनुरोध गरे। सभामा संगठनलाई सुचारुपले संचालन गर्नेको निम्ति पुरानो कमिटीलाई विघटन गरी नयाँ शाखा समिति गठन गरिएको छ। उक्त नयाँ शाखा कमिटीमा सभापति अनिल लामा, उप सभापति सांगे शेर्पा, सचिव सुदीप थामी, सह सचिव श्याम तामङ, कोषाध्यक्ष छिरिङ लामा, सह कोषाध्यक्षमा लाक्पा नर्बु शेर्पा, सल्लहाकार उग्रेन घिसिङ, विजय गुरुङ प्रदिप छेत्री रोशन छेत्री लगायत २७ जनाको कार्यकारणी सदस्यहरू लिएर गैरी गाउँ युवा शक्तिको शाखा गठन गरिएको छ।
सभालाई समष्टि युवा शक्ति सचिव दिपेश तामङ, सुरेश लामा र अन्य प्रतिनिधिहरूले सम्बोधन गरेका थिए। खरसाङ महकुमा समिति प्रचार प्रसार सचिवको पदमा बसन्त कुलुङ राई नियुक्त भएकोमा नवगठित कमिटी अनि सभासद तथा समष्टि सभापति नुरी शेर्पाले खदा लगाएर बधाई एवं शुभकामना व्यक्त गरेका छन्। सभामा युवा शक्ति खरसाङ महकुमा सदस्य अनोजकान्त प्रधानको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement