गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गुरू रिम्पोछे ठ्रुङकर सेचु, गुरू पद्मसम्भवको जन्म जयन्तीको अवसरमा सिक्किमवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत भनेका छन्, ‘हामी सबैले गुरू पद्मसम्भवको सम्मान गरौं र सामूहिक रूपमा उहॉंको दैवी संरक्षणका लागि प्रार्थना गरौं।’ गुरू पद्मसभवले सिक्किमलाई शान्ति, खुशी र समृद्धिका साथ सदा सर्वदा आशीर्वाद प्रदान गरिरहुन् भनी मुख्यमन्त्रीले प्रार्थना गरेका छन्।







