नयाँ दिल्ली: अफगानिस्तानकी पहिलो महिला ब्रेक डान्सर, क्यामरुनमा जन्मिएका एक ब्रिटिश बक्सिंग च्याम्पियन र भेनेजुएलाका एक अचूक शूटर शरणार्थी ओलम्पिक टीममा सामेल ती खेलाड़ीहरूमा सामेल छन्, जसले जुलाईमा हुने पेरिस ओलम्पिकमा हिस्सा लिनेछन्। शरणार्थी ओलम्पिक टीममा जम्मा ३६ जना खेलाड़ी रहनेछन्, जसको नामहरूको घोषणा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-का अध्यक्ष थोमस बाकले स्विट्जरल्याण्डको लुसानेमा एउटा समारोहको अवधि गरे। यी ३६ जना खेलाड़ी ११ वटा देशबाट हुनेछन् अनि १२ वटा खेलहरूमा हिस्सा लिनेछन्। आईओसी अध्यक्ष बाकले यस अवसरमा भने, यी खेलाड़ीहरूले ओलम्पिकमा हिस्सा लिएर लचिलोपन र उत्कृष्टतामा मानिसहरूका सम्भावना र क्षमताहरूको प्रदर्शन गर्नेछन्। यसले विश्वभरि विस्थापित लगभग १० करोड़ मानिसहरूमा आशाको सन्देश जानेछ। यसको साथै खेलाड़ीहरूले विश्वभरि अरबौं मानिसहरूलाई शरणार्थी संकटको विशालताको स्तरबारे जागरूक गर्नेछन्।
यस शरणार्थी टीमको संरचनालाई ओलम्पिक समितिका कार्यकारी बोर्डले मञ्जुरी दिएको छ, जसको निम्ति एउटा चयन प्रक्रियाको सहारा लिइयो। यसमा हरेक खेलाड़ीको खेलकुद क्षमता, कौशल र उत्कृष्टताको साथ संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर)-द्वारा प्रमाणित शरणार्थीको दर्जा सामेल थियो। यी ३६ जना खेलाड़ीहरूका चयन यी शरणार्थी खेलाड़ीहरूबाट गरियो, जसलाई ओलम्पिक समितिले एउटा स्कलरशीप कार्यक्रमको माध्यमले समर्थन दिएको थियो। पेरिस ओलम्पिक शरणार्थी टीमले हिस्सा लिएको तेस्रो ओलम्पिक हुनेछ। शरणार्थी टीमले पहिलोपल्ट साल २०१६-मा रियो ओलम्पिक खेलहरूमा हिस्सा लिएको थियो। त्यसपछि पेरिस ओलम्पिकमा अहिलेसम्मको सबैभन्दा ठूलो शरणार्थी टीमले हिस्सा लिनेछ। यसपाली पहिलोपल्ट शरणार्थी टीमले ओलम्पिक झण्डाको बद्ली आफ्नै प्रतीक चिन्ह र झण्डाको साथ हिस्सा लिनेछ, जसमा आपसमा जोड़िएको पाँचवटा रिंग हुनेछ, जुन नीलो, कालो, रातो, पहेलो र हरियो रंगको हुनेछ। शरणार्थी टीमका कप्तान मासूमाह अली जादाले भने, आफ्नै प्रतीक चिन्ह भएपछि हाम्रो केही पहिचान बन्नेछ। यसले हामीलाई विश्वभरि लगभग १० करोड़ मानिसहरूका प्रतिनिधित्व गर्ने शक्ति प्रदान गर्नेछ, जसले हामी जस्तै पीढ़ा अनुभव गरेका छन्। मासूमाह अली जादाले २०२० टोक्यो ओलम्पिकमा पनि हिस्सा लिएका थिए।