मुम्बई इण्डियन्स प्लेअफ्-को रेसबाट बाहिरअहिले मसँग भन्नु पर्ने अधिक केही छैनः हार्दिक

under-fire-hardik-pandya-breaks-silence-after-mumbai-indians-0-3-start-to-ipl-2024-campaign.jpg

मुम्बई: आईपीएल २०२४-को ५१औं म्याचमा कलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई २४ रनले पराजित गऱ्यो। केकेआर-को यो मुम्बई इण्डियन्सको होम ग्राउण्ड वानखेड़े स्टेडियममा १२ सालपछि पहिलो जीत हो। यस निराशाजनक हारपछि पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्स प्लेअफ्-को रेसबाट बाहिर भयो। केकेआरको टीमले दिएको १७० रनको लक्ष्यलाई खेदो गर्दै मुम्बई इण्डियन्सले सबै विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो। आईपीएलको जारी सीजनमा ११ वटा म्याच खेलेर आठौंपल्ट हारको सम्मुखीन भएपछि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्ड्याले अधिक केही बोल्न चाहेनन्। उनले भने, ब्याटिंग गर्दा हामीले पार्टनरशीप गर्न सकेनौं अनि लगातार विकेट गुमायौं। यही हारको मुख्य कारण बन्यो। टी२० प्रारूपमा पार्टनरशीप गर्न नसके टीमको निम्ति महँदो साबित हुन्छ। टीमको प्रदर्शनमाथि हार्दिकले भने, अहिले प्रश्न त धेरै रहेको छ, जसले उत्तर दिन समय लाग्नेछ। अहिलेको निम्ति चाहिँ मसँग भन्नु पर्ने अधिक केही छैन। हाम्रा बलरहरूले असल काम गरे। पहिलो ईनिंग्सपछि विकेट केही राम्रो भयो अनि शीत पनि पऱ्यो। अब हामीले यस म्याचपछि के गर्न सकिन्छ भन्ने हेर्नेछौ। लड़ाइँ गर्न छोड़्नु हुँदैन अनि म यही कुरा आफूलाई पनि भन्छु। चुनौतीहरू अघि आउँछ अनि त्यसलाई स्वीकार गरेर अघि बढ़्नु पर्छ।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-को टीम १९.५ ओभरमा १६९ रन बनाएर अलआउट भयो। खराब शुरुवातपछि केकेआर-को ईनिंग्सलाई पाँचौं नम्बरमा ब्याटिंग गर्दै भेंकटेश अय्यरले सम्हाले, जसले सर्वाधिक ७० रन बनाए। उनले ५२ बल खेलेर ६ वटा चौका र ३ वटा छक्का लगाए। केवल ५७ रनमा ५ विकेटको पतनपछि अय्यरले मनीष पाण्डेसँग मिलेर छैटौं विकेटको निम्ति ८३ रनको पार्टनरशीप गरे। मनीषले ३१ बल खेलेर ४२ रन बनाए, जसमा २ वटा चौका र २ वटा छक्का सामेल छ। मुम्बई इण्डियन्सका बलरहरूमा नुवान तुषारा र जसप्रीत बुमराहले ३-३ विकेट लिए। यसबाहेक कप्तान हार्दिकले पनि २ वटा सफलता हासिल गरे। लक्ष्य ठूलो नभए पनि मुम्बई इण्डियन्सको शुरुवात भयावह रह्यो ७१ रनसम्म शीर्ष ६ विकेटको पतन भइसकेको थियो। यसमा ईशान किशनले १३, रोहित शर्माले ११, नमन धीरले ११, तिलक वर्माले ४, नेहाल वाधेराले ६ र कप्तान हार्दिकले १ रन बनाए। लगातार विकेटको पतनबीच सूर्यकुमार यादवले ५६ रन बनाए, जुन टीमलाई जिताउन पर्याप्त थिएन। सूर्याले ३५ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक टिम डेविडले २४ रनको योगदान दिए। यसरी मुम्बई इण्डियन्स १८.५ ओभरमा अलआउट भयो। केकेआर-का बलरहरूमा मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए। यसबाहेक वरुण चक्रवर्ती, सुनिल नारिन र आन्द्रे रसेलले पनि २-२ विकेट हासिल गरे। भेंकटेश अय्यरलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement