टी२० वर्ल्ड कपको निम्ति वेष्ट इण्डिज टीमको घोषणा

IMG-20240504-WA0100.jpg

पोर्ट अव् स्पेन: राजस्थान रोयल्सका पावर हिटर रोवम्यान पावेलले आउँदो टी२० वर्ल्ड कपमा वेष्ट इण्डिजको मजबूत टीमको कप्तानी गर्नेछन्। इण्डियन प्रीमियर लीग (आईपीएल)-को जारी संस्करणमा लखनऊ सुपर जाइण्ट्समा सामेल शमार जोसेफलाई पनि टीममा सामेल गरिएको छ, जसमा निकोलस पूरन (लखनऊ सुपर जाइण्ट्स), आन्द्रे रसेल (कलकत्ता नाइट राइडर्स) र शिमरोन हेटमायर (राजस्थान रोयल्स) जस्ता क्रिकेट जगतका केही पावर हिटरहरू रहेका छन्। मुम्बई इण्डियन्सका रोमारियो शेफर्ड, केकेआर-का शेरफाने रदरफोर्ड र दिल्ली क्यापिटल्सका शाई होप पनि टीमका हिस्सा हुन्। रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेल्ने अल्जारी जोसेफलाई टीमको उपकप्तान बनाइएको छ जबकि अलराउण्डर रोस्टन चेस, जेसन होल्डर, ब्याटर जनसन चार्ल्स र ब्रेण्डन किंग जस्ता अनुभवी खेलाड़ीहरूलाई पनि टीममा स्थान दिइएको छ।
टीम यसप्रकार छः
रोवम्यान पावेल (कप्तान), अल्जारी जोसेफ, जनसन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाई होप, अकील हुसैन, शमार जोसेफ, ब्रेण्डन किंग (विकेटकीपर), गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफाने रदरफोर्ड, रोमारियो शेफर्ड

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement