पुलिसकाे विशेष पहलमा लुटपाटको घटना असफल, चार पक्राउ

photocollage_2024532319244.jpg

सिलगढी: सिलगढीमा लुटपाटको घटनालाई पुलिसले विफल बनाइदिएको छ। सिलगढी भक्तिनगर थानाले यस घटनामा संलग्न चार बदमाशलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई शुक्रबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ। बाँकी अपराधीहरुको खोजी कार्य जारी रहेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा भक्तिनगर थानाको पुलिसले बिहीबार राति सिलगढी नजिकैको सालुगारा क्षेत्रमा छापा मार्दा चार जनालाई पुलिसले पक्रन सफल बने। उनीहरुको साथबाट धेरै सामान बरामद गरिएको छ जुन सुरुमा लुटपाटमा प्रयोग भएको बताइएको छ। स्रोतका अनुसार पक्राउ पर्नेहरुको नाम राहुल क्षेत्री, सुरज क्षेत्री, एन्टोनी सोनार र शिबु राय रहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement