मुख्यमन्त्री तामाङले माउण्ट अबुस्थित प्रजापिता ब्रह्मकुमारिस इश्वरीय विश्वविद्यालय, अन्तरराष्ट्रिय मुख्यालयकाे गरे भ्रमण

n6056147841714757032584dab9bbf43a137c9451ed89d1752939d56bf35afbd523486b7ed1d229e4df3aed.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राजस्थानको माउण्ट अबुस्थित प्रजापिता ब्रह्मकुमारिस इश्वरीय विश्वविद्यालय, अन्तरराष्ट्रिय मुख्यालय भ्रमण गरेका छन्। मुख्यमन्त्रीको साथमा उनको धर्मपत्नी कृष्ण कुमारी राई र छोरी पनि गएका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।

उनले ब्रह्म कुमारिसकी प्रमुख राजयोगिनी दादी रतन मोहिनीजी, संयुक्त प्रमुख राजयोगिनी मुन्नी दिदीजी, पूर्वी क्षेत्र प्रमुख राजयोगिनी कन्नन दिदीजी र राजयोगी बृजमोहन भाईजीसॅंग भेट्ने अवसर पाएकोमा हर्ष व्यक्त गरेका छन्।

मुख्यमन्त्रले मुख्यालयमा सोलर किचन, योगिक खेती तपोवन र अन्य विभिन्न परियोजनाहरूको भ्रमण गरेको पनि जानकारी गराएका छन्। उनले मल्टीमिडिया प्रमुख ब्रह्म कुमार राजयोगी करुणाजी, सिक्किमका सदस्यहरू र अन्यहरूप्रति न्यानो स्वागतको निम्ति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement