मोटरसाइकलमा सवार दुई युवा भाग्यले बाँचे

IMG-20240503-WA0197.jpg

जलपाईगुडी: जिल्लाको मैनागुरीस्थित टेटा तुली नजिक राष्ट्रिय राजमार्ग ३१ मा बाख्रालाई बचाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरे। त्यसबेला सडकमा अरु कुनै सवारी साधन नभएकाले दुवै युवा जोगिएका थिए। घटनापछि स्थानीयले उनलाई मैनागुरी ग्रामीण अस्पतालमा ल्याएपछि प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको थियो। उनीहरु दुवै बिहारको सम्सीपुर जिल्लाको नाथ दुआर गाउँका बासिन्दा रहेको बताइएको छ। दुवै युवक मोटरसाइकलमा बिहारबाट तुफानगञ्ज आएका थिए। शुक्रबार तुफानगञ्जबाट बिहारका लागि जाँदा राष्ट्रिय राजमार्ग ३१ स्थित मैनागुरी टेकाटुली नजिक दुर्घटना भएको हो। उनीहरु दुबैको नाम आरिफ हुसेन र तिन्जिया अन्सारी हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement