नाम्ची: नाम्चीस्थित साम्ड्रुप्चेमा आज गुरू रिम्पोछेको ठ्रुङकर सेचु भाक्तिभावका साथ पालन गरिएकाे छ। गुरू रिम्पोछेको जन्म जयन्तीको शुरूवात शेरडुप छोलिङ गुम्पादेखि नाम्चु बजारहुॅंदै साम्ड्रुप्चेसम्म शोभायात्रा निकालेर गरियो। शोभायात्रामा धेरै संख्यामा धर्मावलम्बीहरूले उत्साहका साथ भाग लिए।
यस अवसरका शेरडुप डनजिङ रिम्पोछे विशेष रूपमा उपस्थित थिए। रिम्पोछेले सिक्किम र सिक्किमवासीहरूको कल्याणका लागि प्रार्थना गरे। गुरू रिम्पोछेको जन्म जयन्ती समारोहको आयोजन शेरडुप छोलिङ गुम्पा, नादक टीएसडीसी गुम्पा र नामड्रोलिङ गुम्पा, नाम्चीको संयुक्त तत्वावधानमा गरिएको थियो।










