सिलगढी: कर्जा दिने नाममा ग्राहकलाई ठगी गर्ने एक बैंक कर्मचारीलाई पानीटँकी थाना पुलिसले ६ महिनापछि पक्राउ गरेको छ । आरोपीको नाम सनत तालुकदार उर्फ राजा हो। उनी कोचबिहार निवासी भएको बताइएको छ। जानकारी अनुसार २०२३मा एक गैरसरकारी बैंकका प्रबन्धकले आफ्नै कर्मचारीविरुद्ध ठगी र बैंकको नाम बदनाम गरेको भन्दै लिखित उजुरी दिएका थिए। सनत तालुकदारले ऋण दिने नाममा धेरै ग्राहकसँग रु ७१ हजार ठगी गरेको आरोप छ। यहाँ अनुसन्धानमा संलग्न पुलिसले फरार सनत तालुकदारको निरन्तर खोजी गरिरहेको थियो। अन्ततः ६ महिनापछि मोबाइल टावरको लोकेशनको सहयोगमा आरोपीलाई हिजो कोचबिहार जिल्लाको पुण्डीबारी क्षेत्रबाट पक्राउ गरिएको हो। पुलिसले आरोपीलाई आज सिलगढी अदालतमा पेश गरी रिमाण्ड मागेको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।