गुवाहाटी: आसाम पुलिसले आज दुई अलग अलग अभियान चलाएर लागुऔषध विरुद्धको प्रयासमा ठूलो सफलता हासिल गरेको छ। परिणामस्वरुप गत २मे को दिन रु १८ करोडको लागुऔषध बरामद भएको थियो। काछार पुलिसले ५७२ ग्राम हेरोइन बरामद गरी एक जना अभियुक्तलाई पक्राउ गरेको छ भने गोलाघाट पुलिसले ३ किलोग्राम हेरोइन बरामद गरी चार जनालाई पक्राउ गरेको छ। मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्विटरमा पुलिस अधिकारीहरूको प्रयासको प्रशंसा गरेका छन्। सीएम शर्माले लेखे, “उत्कृष्ट पुलिस टोली आसाम”..