गुवाहटीमा १५ र १९ मईमा आईपीएलको दुईवटा म्याच हुने

IMG-20240503-WA0253.jpg

गुवाहटी: गुवाहटीका क्रिकेटप्रेमीहरूका निम्ति खुशीको खबर रहेको छ कारण इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को दुईवटा म्याच बारसापारा स्टेडियममा हुनेछ। आउँदो १५ मईमा राजस्थान रोयल्सले पञ्जाब किंग्स विरुद्ध अनि पछिबाट १९ मईमा कलकत्ता नाइट राइडर्स विरुद्ध म्याच खेल्नेछ। राजस्थान रोयल्सका मालिक रञ्जीत बोरठाकुरले गुवाहटीमा आईपीएल म्याच ल्याउने विषयमा उत्साह व्यक्त गरे अनि असमका मानिसहरूसँग यी महत्त्वपूर्ण म्याचहरूका अवधि आफ्नो टीमको समर्थन गर्ने अनि उत्साह बढ़ाउने आग्रह गरे। बारसापारामा आईपीएल म्याचहरूको उपस्थिति यस क्षेत्रमा क्रिकेटको बढ़्दो लोकप्रियताको प्रमाण हो, जसले प्रशंसकहरूलाई शीर्ष स्तरीय क्रिकेट प्रतिभाहरूलाई नजिकबाट हेर्ने अनौठो अनुभव प्रदान गर्नेछ। आईपीएलको उत्साह बाहेक बोरठाकुरले राजस्थान रोयल्सको उपलब्धिमाथि आफ्नो गर्व साझा गरे कारण यस टीमका चारजना खेलाड़ीले टी२० वर्ल्ड कपको निम्ति भारतीय टीममा स्थान बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement