महिला राष्ट्रिय फूटबल टुर्नामेण्टमा मणिपुरको एकतर्फी जीत

IMG-20240503-WA0251.jpg

गुवाहटी: राजमाता जीजाबाई ट्रफी फाइनल राउण्डको निम्ति २८औं सीनियर महिला राष्ट्रिय फूटबल च्याम्पियनशीपको उद्घाटन म्याचमा मणिपुरले झारखण्डलाई ७-०-ले पराजित गरी आफ्नो शक्ति प्रदर्शन गऱ्यो। ग्रुप बी-को यो म्याच बिहीवार कलकत्ताको एआईएफएफ नेशनल सेण्टर अव् एक्सीलेन्समा खेलियो। भारतकी अन्तर्राष्ट्रिय खेलाड़ी डांगमेई ग्रेसकी कप्तानीमा मणिपुरले ग्रुप बी-मा शीर्ष स्थान हासिल गऱ्यो। यसरी महाराष्ट्र बनाम सिक्किम र ओडिशा बनाम हरियाणा म्याच १-१-को समान अन्तरले ड्र रह्यो। झारखण्ड विरुद्ध एकतर्फी जीतमा डांगमेई ग्रेसले दुईवटा गोल गर्नको साथै दुईवटा एसिस्ट गरिन्। यसबाहेक दया देवीले पनि २ गोल गरिन्। यसरी अन्य गोलहरू सिबानी देवी, बाला देवी र अरीना देवीले गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *