मुख्यमन्त्री सरमाकाे आश्वासन

Assam-CM

चिरांग (असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आश्वासन दिए, एनआरसी अद्यतनको सिलसिलामा बायोमेट्रिक हेल्डअप गरिसकेका मानिसहरूको आगामी ६ महिनाभित्रमा समस्या समाधान हुनेछ। त्यसपछि आधार बनाउनमा कसैलाई समस्या हुनेछैन।

मुख्यमन्त्रीले भने, चुनाउ समाप्त भएको छः महिनाभित्रै डी भोटर, भूमिको पट्टा जस्ता समस्याहरू सुल्झाइनेछ। उनले दोहोऱ्याए, अरूणोदय योजनाको लाभ प्राप्त नभएका परिवारहरूलाई चुनाउपछि यस योजनासित जोड़िनेछ। उनले आश्वासन दिए, बिजनीमा अस्पताल, कलेज आदि खोलिनेछ।

मुख्यमन्त्रीले आज चिरांग जिल्लाको बिजनीमा आयोजित एक चुनावी ऱ्यालीलाई सम्बोधन गरिरहेका थिए। उनले भने, प्रधानमन्त्री आवास योजनाको सलसिलामा जियो ट्यागलाई लिएर हुनै समस्यालाई समाधान गरिनेछ। महिला स्वयंसेवक समूहहरूलाई प्रधानमन्त्री आवास योजनाको जियो ट्यागको अधिकार दिइनेछ।

मुख्यमन्त्रीले पुनः दोहोऱ्याए, म्याट्रिक उतीर्ण गर्ने सबै विद्यार्थीहरूलाई कलेजमा निःशुल्क प्रवेश गराइनेछ। साथै कलेजमा प्रवेश भइसकेपछि प्रत्येक विद्यार्थीहरूको खातामा दश हजार रुपियाँ सरकारले जम्मान गराउनेछ। उनले भने, साइकल र स्कुटी प्रदान गर्ने योजना पनि जारी रहनेछ।

यस अवसरमा मुख्यमन्त्रीले केन्द्र तथा राज्य सरकारद्वारा विकास एवं जनहितमा गरिएका कार्यहरूको चर्चा गरे। उनले मानिसहरूसित अपील गरे, उनीहरूले विकासकोजारी प्रक्रियालाई कायम राख्नको लागि एनडीए प्रार्थीलाई भोट दिउन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *