खरसाङमा तृणमूल चाय बगान श्रमिक युनियनको सभा सम्पन्न

IMG-20220807-WA0166.jpg

खरसाङ: आज खरसाङमा तृणमूल चाय बगान श्रमिक युनियनको सभा केन्द्रीय कमिटीको भाइस चेयरम्यान दिपक प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई तृणमूल ट्रेड युनियनको खरसाङ महकुमा समितिको अध्यक्ष राजेन तामाङले सञ्चालन गरेका थिए। सभालाई सबै क्षेत्रहरूबाट आएका तृणमूल चाय बगान श्रमिक युनियनको प्रतिनिधिहरूले सम्बोधन गरेका गरेका थिए। सभामा चियाबारी श्रमिकहरूको विभिन्न समस्याहरू र आगामी सेप्टेम्बर महिनामा जलपाईगढीमा तृणमूल चाय बगान श्रमिक युनियनको केन्द्रीय कमिटीको महा सम्मेलन विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा विशेष गरी केन्द्रीय अध्यक्ष बिनय सुब्बा, केन्द्रीय सचिव सन्तोष मोक्तान, महकुमा अध्यक्ष राजेन तामाङ, केन्द्रीय सदस्य दिपक गुरुङ, सुके ब्लक अध्यक्ष प्रदीप सुब्बा, जिल्ला उपाध्यक्ष डीके लामा, मिरिक ब्लक अध्यक्ष संजय राई, आरआर ब्लकको विकास सुब्बा, विशाल राई, प्रेम तामाङ, मरेनबारीबाट उपाध्यक्ष नकुल बिशवकर्म, खरसाङ गौरी शंकर अध्यक्ष साजन तामाङ, मोहन भुजेल, खरसाङ महकुमा सहसचिव राकेश बम्जनको विशेष उपस्थिति रहेको थियो। सभापछि पत्रकारहरूसित बातचीत गर्दै राष्ट्रिय तृणमूल कंगेस ट्रेड युनियनको भाइस चेयरम्यान दिपक प्रधानले चियाबारी श्रमिकहरूको हक र अधिकारको लागि तृणमूल चिया बगान श्रमिक युनियनको सभा विभिन्न क्षेत्रहरूमा भईरहेको र त्यसै अनुसार आज खरसाङमा गरिएको बताएका छन्। उनले गत जनवरी महिनादेखि चियाबारी श्रमिकहरूको हाजिरा बढ़ेको र जुलाईदेखि कार्यन्वयन गरिएको जानकारी गराउँदै तर अहिले चियाबारी श्रमिकहरूको लागि केन्द्र सरकारबाट आएको सहुलियतहरू पाउन छोड़ेको र ती सबै सहुलियतहरूका पैसा कता गयो र कसले खायो खोजी भईरहेको बताएका छन्। दिपक प्रधानले आजको सभामा चियाबारी श्रमिकहरूको मुख्य समस्या भनेको आधार कार्डसित पीएफसित लिंक गराउनु रहेको र यस विषयमा पनि चर्चा गरिएको जानकारी गराएका छन्। उनले तृणमूल सरकारले चियाबारी श्रमिकहरूको निम्नत्तम रोजगार अधिनियम लागु गर्ने विषयमा पनि सभामा चर्चा गरिएको बताउँदै आगामी सेप्टेम्बर महिनामा तृणमूल चिया बगान श्रमिक युनियन केन्द्रीय समितिको महा अधिवेशन जलपाईगढीमा हुने भएको र यस विषयमा पनि आजको सभामा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement