आइजवल: असम राइफल्स र मिजोरम पुलिसले दुई छुट्टाछुट्टै अपरेसनमा ४.३४ करोड रुपियाँभन्दा बढीको हेरोइन र विदेशी चुरोट बरामद गरेको छ। यो जानकारी अर्धसैनिक बलद्वारा जारी एक विज्ञप्तिमा दिइएको छ। गोप्य सूचनाका आधारमा यो कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ। असम राइफल्स र मिजोरम पुलिसको संयुक्त टोलीले आइजवलको फकल्याण्ड क्षेत्रमा संयुक्त अपरेशन गरेको थियोl यस क्रममा ५९८ ग्राम हेरोइन बरामद गरिएको थियो। अर्को कारबाहीमा सुपारी भरिएका ८ ट्रक र २२ हजार चुरोटको प्याकेट समेत बरामद गरिएको छ। ४ अर्ब १८ करोड रुपियाँको हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको अर्धसैनिक बलका कर्मचारीले जनाएका छन्। जसमध्ये एक जना मणिपुरका बासिन्दा बताइएको छ। अर्को अपरेसनमा असम राइफल्सले १६ लाख रुपियाँको विदेशी चुरोटका २२ हजार प्याकेट बरामद गरेको छ। यो खेप म्यानमारबाट दक्षिण मिजोरमको सियाहा जिल्लाको लुङपुक गाउँमा तस्करी गरिएको थियो। ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। साथै सुरक्षा निकाय र पुलिसलाई पनि सतर्क रहन निर्देशन दिइएको छ।